जीपले ठक्कर दिँदा अटाे चालकको मृत्यु

दाङ, ११ फागुन । दाङकाे तुलसीपुरमा जीपले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका शान्तिनगर गाउँपालिका-१ पेदीखोलाका ३० वर्षीय रमेश विकको हिजाेराति बाँकेको कोहलपुरमा मृत्यु भएको हो । 

तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-८ दुघेनामा ठोक्किएर दुर्घटनामा भएकाे हाे।  

दुर्घटनामा घाइते भएकामध्ये अटोमा रहेका शान्तिनगर-१ की ३० वर्षीया रुपा वली, उनकी २ वर्षीया छोरी पुष्पा वली र शान्तिनगर-२ की ४१ वर्षीया शारदा केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।  उनीहरु तीनै जनालाई थप उपचारको लागि कोहलपुरमा रेफर गरिएको छ ।

अटोमै रहेका अन्य दुई जना घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको विकासप्रतिको मुर्छित सपनालाई साकार बनाउँदै विभिन्न प्रकारका आयोजनाहरु

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औं प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । त्यस्तै नवनियुक्त

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने

धनुषा, ३१ वैशाख । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021