भतिजलाई अपहरण गर्ने काकासहित दुई जना पक्राउ

काठमाडौँ, ११ फागुन । आफ्नै दुई वर्षीय भतिजलाई अपहरण गर्ने काकासहित दुई जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका वडा नं. १ डुम्बाखाताका कुलदिप यादव र वडा नं. १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवलाई पक्राउ गरेको हो । 

गत माघ २० गते सिरहाको सिरहा नगरपालिका वडा नं. १ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव घरबाट बेपत्ता भएका थिए ।  बालक घरबाटै बेपत्ता भएको सूचना प्रहरीमा दिएपछि नेपाल प्रहरीले इन्डियन काउन्टर पार्ट्ससँगको समन्वयमा भारतको खाजेडिह भन्ने स्थानबाट माघ २२ गते उद्दार गरेको थियो ।  

अनुसन्धानको क्रममा उक्त अपहरणमा बालककै काका संलग्नता देखिएको र उनकै योजना अनुसार भरोसी यादवले बच्चा उठाई भारतको पचहर भन्ने स्थानमा लगि राखेका थिए । प्रहरीले दुवै जनालाई पक्राउ गरी आइतबार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको विकासप्रतिको मुर्छित सपनालाई साकार बनाउँदै विभिन्न प्रकारका आयोजनाहरु

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औं प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । त्यस्तै नवनियुक्त

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने

धनुषा, ३१ वैशाख । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021