डाक्टर लाइसेन्स परीक्षा डिजिटलमा

काठमाडौँ, ११ फागुन । नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटलमा लिन थालेको छ। कागजमा परीक्षा लिने पद्धति फेर्दैे झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो। यो व्यवस्थाले स्नातक तहसरहको  एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सकलाई लाइसेन्स परीक्षामा सहज भएको छ।

यस परीक्षामा कुनै प्रश्नको उत्तर लेख्न छुट्ने पो हो कि भन्ने चिन्ता लिनुपर्दैन। कुनै प्रश्नको उत्तर लेख्न बाँकी रहे कम्प्युटरले सचेत गराउँछ। उत्तर लेखेको केही बेरपछि पुनः सच्याउन पनि सकिन्छ ।

‘पहिलेको कागजी परीक्षामा उत्तर भर्दा धेरै त्रुटि हुने सम्भावना हुन्थ्यो। एकपटक लगाएको उत्तर चिह्न सच्याउन मिल्दैनथ्यो। अब उत्तरमा पुनः फेरबदल गर्न मिल्छ। दुई ठाउँमा उत्तर लेख्न मिल्दैन। दुई ठाउँमा उत्तर लेख्न खोजे कम्प्युटरले मान्दैन’, काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने, ‘फोटो, नाम र कतिवटा उत्तर भयो। कतिवटा बाँकी छन्। बुझाउनअघि नै कम्प्युटरले सचेत गराउँछ। तीन महिनाअघिको विशेषज्ञ परीक्षादेखि पुरानो शैली फेरियो।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको विकासप्रतिको मुर्छित सपनालाई साकार बनाउँदै विभिन्न प्रकारका आयोजनाहरु

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औं प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । त्यस्तै नवनियुक्त

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने

धनुषा, ३१ वैशाख । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021