आजको राशिफल

वि.सं. २०७७ साल फागुन ११ गते । मङ्गलबार । इस्वी सन् २०२१ फेब्रुअरी २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–एकादशी,  २२ घडी ११ पला,  दिउँसो ०३ बजेर २९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–आद्रा, ०९ घडी १० पला, बिहान १० बजेर १८ मिनेट उप्रान्त पुनर्वशु । योग–आयुष्मान, ५० घडी १५ पला, रातको ०२ बजेर ५६ मिनेट उप्रान्त सौभाग्य । करण–भद्रा, दिउँसो ०३ बजेर २९ मिनेट उप्रान्त बव, रातको ०३ बजेर ४६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) विभिन्न अवसरको उपयोग गरी यथेष्ट धन तथा सम्पत्ति कमाउन सकिनेछ । आफन्त तथा दाजुभाइहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजबुत हुने हुनाले सहाशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गति विधिमा सलग्न भई अगाडि बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी  गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशी भएको महसुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्य नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । मीठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर तान्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पत्ति परिचालन गरी मनग्य आम्दानी गर्न सकिनेछ । पढाइलेखाइमा मन जानेछ भने बैङ्किङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तिको योगलाई नकार्न सकिँदैन ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईका काममा सहयोग हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) अध्ययनको सिलसिलामा लामो दूरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभरजसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएर महत्त्वपूर्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिए पनि मनग्य नाफा कमाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजनाहरु थाँती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तीक्तता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । तर पनि बैङ्क तथा सेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढा, भे) बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ  । सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घटनाहरु हुन सक्छ । प्रेममा एकअर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछिपरिने अधिक सम्भावना रहेको छ । व्यावसायिक यात्रा भए पनि गन्तव्य पहिल्याउन हम्मेहम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साइड लाग्नेछन् । विवादित निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घरपरिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्य आम्दानी हुने योग रहेको छ । पुराना स्वास्थ्यसम्बन्धी समस्याहरु हल भएर जानेछन् भने सङ्कटबाट मुक्ति मिल्ने समय रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी रमाउने योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दै हुनुहुन्छ भने मनग्य लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनुपर्दा गाह्रो महसुस हुनेछ । पढाइ लेखाइ विभिन्न कारणले अस्तव्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्वसाधारण सहयोग नगर्ने हुँदा राजनीति तथा समाज सेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ ।

तपाईंको दिन शुभ रहोस् ।

ज्योतिषी डीपी भण्डारी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्