सञ्चारमन्त्री गुरुङ र इजरायली राजदूत गोडरबीच भेटवार्ता

काठमाडौँ, १० फागुन । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र  नेपालका लागि इजरायली राजदुत हानान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ । 

आज सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा मन्त्री गुरुङ र राजदुत गोडरबीच दुई देशबीचको आपसी हितका विविध विषयमा केन्द्रित रहेर भेटवार्ता भएको हो ।

भेटमा मन्त्री गुरुङले इजरायलले सेटलाईट प्रविधिको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिएका थिए । उनले नेपालले सूचना प्रविधि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा मित्र राष्ट्रहरुले आर्जन गरेको ज्ञान, सीप, अनुुभव उपयोगी हुने विश्वास व्यक्त गरेका थिए

उक्त भेटवार्तामा राजदुत गोडरले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि इजरायलको सेटलाईट प्रविधि सहज हुने उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारलाई सहयोग गर्न तत्पर रहेको बताए ।

त्यस अवसरमा मन्त्री गुरुङले नेपालीहरुलाई रोजगारीको अवसर दिएको तथा नेपालको कृषि क्षेत्रको विकासका लागि इजरायलले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021