सिन्धुली, १० फागुन । सिन्धुलीमा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले मरिण गाउँपालिका– ६ प्रतिटोल बस्ने सांगे लामा भन्ने २६ वर्षीय सांगे दोङलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ गरेको हो ।
प्रहरीलाई देख्नासाथ दोङ भाग्न खोजेको र सोही क्रममा नियन्त्रणमा लिई सोधपुछ गर्दा जंगलमा लुकाइराखेको अवस्थामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।