बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

ललितपुर, १० फागुन । ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ ।

आज दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी स्कुटरमा सवार करिब ३३ वर्षीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा अल्का अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ललितपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा लाइसेन्स नभएका कारण भाग्न खोज्दा बसले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकी महिलाको साथमा पहिचान खुल्ने कुनै पनि कागजात फेला नपरेका कारण उनको पहिचान हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका