पराजित गर्नै नसकिने गरी सरकारले काम गर्‍यो भनेर कतिपयलाई छटपटी भएको छः प्रम ओली

काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहलाई लक्षीत गर्दै वर्तमान सरकारले जता गएपछि जनता तथा राष्ट्रको हितको लागि काम गरिरहेकोले गर्दा कतिपयले सरकारलाई पराजित गर्नै नसकिने गरी काम गर्‍यो भनेर पिर गरिएको बताउनुभएको छ ।

चन्द्रागिरिको दहचोक–१ मा पाँचौं इन्द्रदह पर्यटन उत्सवको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले विप्लव समूहसँग सरकारले वार्ता गर्छौंभन्दा केही तत्वलाई टाउको दुखेको बताउनुभयो । प्रधानमन्त्री ओलीले विप्लव समूहले वार्तामा आउँछु भन्दा कतिपयलाई छटपटी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पृथकतावादको कुरा छाडेर सीके राउत मुलधारको राजनीतिमा आउँछु भने अब विप्लव वार्ता गर्छु भन्दैछन्, केहीलाई छटपटी भएको छ । हतियार उठाइरहेका, व्यवस्थाको विरोध गरिरहेका विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौं हामी, वार्ता गरेर समाधानमा जान्छौं भनेर वक्तव्य निकालेछन् । कतिपयलाई आतंक छ ।’

‘देश साँच्चै हरेक हिसाबले अघि बढ्छ कि क्या हो’ भन्ने सोचाइले विभिन्न व्यक्तिलाई टाउको दुखेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘कतिपय विप्लवलाई प्रयोग गरौंला कि भनेको, वार्ता गरेर समस्या समाधान पो गर्न थाले । देश त साँच्चै हरेक हिसाबले अगाडि बढ्छ कि क्या हो भन्ने परेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021