मकवानपुरमा गोली चल्यो

मकवानपुर, ९ फागुन । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ  ।

मकवानपुरको राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा बारीमा लुकाइराखिएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो । सो गाँजा नष्ट गरी कार्यालयतर्फ र्फकने क्रममा स्थानीयले बाटो अवरुद्ध गरी प्रहरीको गाडी र प्रहरीहरूमाथि आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै