एक अपहरित बालकको उद्धार, बुवा र मामा पक्राउ

जनकपुरधाम, ९ फागुन । धनुषाबाट अपहरणमा परेका एकजना बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको छ ।

अपहरणमा संलग्न बालकका आफ्नै बुवा र मामासहित ३ जना पक्राउ परेका छन् । नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । ‘फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आयो,’ प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामबाटै फेला पारेर उद्धार गरिएको छ ।’ बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ ।

बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा र पिता रमेश पक्राउ परेका छन् । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । सत्तापक्षका केही दलको साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

हेटौँडा, ३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर

काठमाडौँ, ३ फागुन । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते