काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण अनौपचारिक फुटका कारण एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप पछि पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको समूह अवैधानिक रुपमा भौतिक आक्रमण तथा गुण्डागर्दी गर्दै जंगली गतिविधिलाई प्रश्रय दिन थालेका छन् ।
माधव–प्रचण्ड समूहका कार्यकर्ताले सिन्धुपाल्चोकको सुकुटे, स्याण्ड बिच रिसोर्ट एक्कासी तोडफोड तथा ज्यान मार्ने धम्की दिएका छन् । युवा संघ नेपालका जिल्ला कमिटीका सदस्य जेहन्द्र श्रेष्ठ÷रुजल श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त रिसोर्ट प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ताले ढुंगामुडा तथा तोडफोड गरेका छन् ।
प्रचण्ड–माधव समूहका नेता सरल सहयात्रीको गाडी नं. बा १४ ३०८ मा टोलका गुण्डाका रुपमा परिचित दावा लामा, प्रविण अधिकारी, विकेस लामासहितका करिव १२ जना कार्यकर्ताले रिसोर्ट भित्र प्रवेश गरी सुनियोजित रुपमा तोडफोड गरि धाक धम्की दिई रिसोर्टका कर्मचारीलाई समेत कुटपिट गरेका सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो । रिसोर्टमा प्रवेश गरी शेयर चाहियो भन्दै ज्यान मार्ने धम्की दिएको साथै धारिलो हात हतियार समेत देखाएको उहाँले जानकारी दिनुभयो । सञ्चालक श्रेष्ठ तत्कालै प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाको जिल्ला कमिटीमा मनोनित हुनुभएको थियो ।