पूर्वमन्त्री बस्नेतद्वारा गुम्बा निर्माण गर्न एक करोड बजेट व्यवस्थापन गर्ने घोषणा

भक्तपुर, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा युवा नेता महेश बस्नेतले पउर्यटन प्रवद्र्धनको लागि निर्माण गर्न शुरु गरिएको गुम्बाको लागि कम्तिमा एक करोड बजेट व्यवस्थापन गर्ने घोषणा गर्नुभएको छ ।

तामाङ्गहरुको महान् पर्व मञ्जुश्री २८५७ औ लाङ ल्होर गाई बर्ष २०७७ सोनाम ल्होछारको पावन अवसरमा गुण्डू पर्यटन प्रवर्धन तथा गुम्बा विकास संस्थाद्वारा आयोजित बृहत् सांगितिक तथा सांस्कृतिकसहितको गुम्बा निर्माणार्थ सहयोग कार्यक्रममा बोल्दै नेता बस्नेतले वर्तमान समयमा संघिय संसद विघटन भएता पनि नगरपालिका, प्रदेश सरकार तथा संघिय सरकारका विभिन्न निकायबाट भएपछि गुण्डुका पर्यटन प्रवद्र्धनलाई निर्माणाधिन गुम्बाको लागि नगद एक करोडको साथमा विभिन्न निर्माण सामाग्री तथा अन्य उपकरणहरुको व्यवस्थापनमा आफ्नो सक्रिय साथ रहने प्रतिवद्धता जनाउनुभयो ।

विश्वका एक अर्वभन्दा बढी विश्वास गर्ने बौद्ध धर्म रहेको उल्लेख गर्दै नेता बस्नेतले गौतम बुद्धकै कारण नेपालको पर्यटकीय क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो । शान्तिका दुत गौतम बुद्ध नेपालमा जन्मेकाले नेपालको पहिचान तथा विश्वले हेर्ने दृष्टिकोण समेत अन्त्यन्त उत्कृष्ट तथा सम्मानयोग्य रहेको समेत उहाँले बताउनुभयो ।

गौतम बुद्ध नेपालको चेतनाको दियोको रुपमा रहनुभएको उल्लेख गर्दै उहाँले शिक्षा र चेतना नयाँ पुस्तालाई हस्तान्तरण गरे आफ्नो इतिहास र अस्थित्वको खोज तथा अनुसन्धान गर्ने बताउनुभयो । शिक्षा र चेतनालेमात्र समाजलाई रुपान्तरण गर्न सकिने उल्लेख गर्दै नेता बस्नेतले धर्म, संस्कृतिको साथ साथै अब मानिसको जीवनको समृद्धि र प्रगतिको आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

धर्म, संस्कृति, परम्परा, कलालगायतका क्षेत्रलाई अब आधुनिकतामा रुपान्तरण गर्दै उद्योग तथा रोजगारीको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा खानी, उद्योग, उद्यामशलताको विकास गर्न नसक्नु नै नेपाल आर्थिक उन्नतीको बाधक भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औद्योगिक क्रान्तिको शुरुवात गरेको उल्लेख गर्नुभयो । राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले प्रधानमन्त्री ओलीले एकै पटक एक दर्जनभन्दा बढी औद्योगीक क्षेत्रहरुको शिलान्यास गर्ने कार्यक्रम समेत तय भइसकेको जानकारी गराउनुभयो । उहाँका अनुसार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नंं. २, ३ स्थित छेला औद्योगिक क्षेत्रमा एक दर्जनभन्दा बढी औद्योगिक क्षेत्रहरुको शिलान्यास हुने बताउनुभयो ।

औद्योगिक क्षेत्रको विकास र उत्पादनसँगै बजारको व्यवस्थापन गर्दै जानु अहिलेको आवश्यकता रहेको औंल्याउँदै उहाँले नेपाल कृषिप्रदान देश भएकाले किसान नै मुलुकको समृद्धिको मुख्य पात्र भएको बताउनुभयो । व्यापार घाटा नबढाएसम्म औद्योगिक क्षेत्रको विकास हुन नसक्ने बताउँदै उहाँले दलाल र पुँजीवादको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रामेश्वर थापा लगायतले आ–आफ्नो धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021