विराटनगर, ८ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताएका छन् ।
आज बिराटनगरमा नेकपाको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको बताए ।
उनले भने, ‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं ।’