खुकुरी प्रहार गरी श्रीमतीको हत्या

दोलखा, ८ फागुन । दोलखामा आफ्नै श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

आज बिहान दोलखाको कालिन्चोक गाउँपालिका ६, लापिलाङमा २७ वर्षीय हिमाल थामीले आफ्नै श्रीमती सुनिता थामीको हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्दा श्रीमतीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरी फरार हुन खोजेका हिमाललाई जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको टोलीले सुनखानीबाट पक्राउ गरीथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने

काठमाडौँ, ९ साउन । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट

काठमाडौँ, ९ साउन । देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

खोटाङ, ८ साउन । खोटाङमा आज साँझ भूकम्पको धक्का महसुस भएको छ । आज साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको