शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा

बनेपा, ८ फागुन । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ मा शुक्रबारबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले नगर प्रमुख महेश खरेलले सो केन्द्रको उद्घाटन गरेका हुन् । 

आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए । सो क्रममा उनले ६५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई घरघरमा नै पुगेर मुस्कानसहित स्वास्थ्य जाँच गर्ने बताए । 

वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारीले स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहुँच पुर्याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका