कुण्ठा र बकबास नगर्न बालुवाटारको चेतावनी: खुमलटार र कोटेश्वरमा खैलावैला

काठमाडौँ, ८ फागुन । प्रदेश नं. २ का प्रमुख डा. राजेश झा (अहिराज)को नियुक्ति तथा सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नी सापकोटाले बहिस्कार गर्नुले नेपाली राजनीतिमा अर्को तरगं पैदा गर्ने सम्भावना देखिएको छ ।

राजनीतिक गोटीको रुपमा सम्मानीत पदका व्यक्तिहरु प्रयोग हुनुले परिस्थितीले अर्कै मोड लिन सक्ने आंकलन गर्न थालिएको छ । पक्ष र विपक्षमा नबोल्ने सम्मानित पदमा बसेर सरकार तथा राष्ट्रपतिले आयोजना गरेको कार्यक्रममा बहिस्कार गर्नु उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नी प्रसाद सापकोटा निस्पक्ष व्यक्ति नभई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालको गोटी भएको बालुवाटारको बुझाइरहेको छ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सोही प्रशंगमा आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सरकार तथा राष्ट्रपति विरुद्ध लाग्ने व्यक्तिले आफु रहेको सम्मानित पदमा बस्नुको अर्थ के ? भनि प्रश्न गर्नुभएको छ । उहाँले घुमाउरो भाषामा स्वतन्त्र तथा निष्पक्ष पदबाट राजीनामा दिई राजनीति गर्न सुझाव समेत दिनुभएको छ । यसले प्रचण्ड तथा माधव समूहमा एक प्रकारको खैलावैला नै हुने संकेत देखिएको छ ।

उहाँले भन्नुभएको छ, ‘अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गंभीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य र संविधानबमोजिमको उपस्थिति स्वेच्छिक होइन र हुनै सक्दैन ।

उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिड्नु झन् गैरजिम्मेवारी हो । अझ नबोल्ने सम्मानित पदमा बसेर यसढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।

पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता ‘पूर्वहरू’को बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियो ।

बहालवाला उपराष्ट्रपति र सभामुखको यस प्रकारको अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो ! गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याई गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, सपथग्रहण समारोह बहिस्कार गर्ने, अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहनेरटाँस्सिइरहने ? सरकारविरुद्द विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आआफ्ना निवासमा आयोजना गरिरहने – यो के रवैया हो ? राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ?

पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताको संकटमा उपचार के हुन्छ ? सचेत नागरिक तहमा उठिरहेका गंभीर प्रश्नहरू !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ ।  उनीहरुका

काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को

विराटनगर, ५ बैशाख । शनिबारबाट बेपत्ता भएका बालक आज बिहान मृत भेटिएका छन् । शनिबार साँझदेखि हराइरहेका विराटनगर महानगरपालिका-८ का

नेपालगञ्ज, ५ बैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष वार्डमा उपचाररत

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021