दवाव र प्रभाव हैन, आवश्यकताले बैठक स्थगित गरेको हुँः सभामुख श्रेष्ठ

हेटौंडा, ७ फागुन । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले कुनै पनि दबाब र प्रभावमा परेर आफूले प्रदेशसभा बैठक स्थगित नगरेको दाबी गर्नुभएको छ ।

शुक्रबार प्रदेशसभा सचिवालयमा पत्रकार सममेलन गर्दै सभामुख श्रेष्ठले अविस्वासको प्रस्ताव दर्ता सम्बन्धी कार्यविधि मस्यौदा समितिले प्रतिवेदन नबुझाएको कारण मतदान प्रक्रियामा जान नसक्ने भएकोले प्रदेश सभाको बैठक बारम्बार स्थगित गर्नुपरेको बताउनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत आफ्नो आधिकारीक धारणा नआएको र समय माग गरेका कारण बैठक स्थगित गर्नुपरेको स्पष्ट पार्नुभयो । आफू कुनै पनि पार्टीको कार्यकर्ता नभएको तथा स्वतन्त्र भएको भन्दै दलहरुबीच सहमति, सहकार्य र एकताको वातावरण बन्न नसक्दा यस्तो परिस्थिति आएको सभामुख श्रेष्ठको भनाइ छ ।

बारम्बार प्रदेश सभाको बैठक स्थगित हुदाँ सरकारको प्रभावमा परेर सभामुखले बैठक स्थगित गरेको दाहाल नेपाल समूहका प्रदेश सभा सदस्यहरुले ओरोप लगाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा