प्रचण्डले अदालत र निर्वाचन आयोगलाई धम्की दिनु भनेको ‘रानीपोखरीमा गएर हामफाल्छु भने जस्तै हो’: नेता बस्नेत

Mahesh basnet and prachanda

मेलम्ची, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रभावशाली युवा नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको समूहले अदालत तथा निर्वाचन आयोगलाई आफुले भनेजस्तो र आफ्नो माग अनुसार नभए जे पनि गर्छु भनेर धम्की दिनु भनेको रानीपोखरीमा गएर हामफाल्छु भने जस्तै भएको बताउनुभएको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आज आयोजना गरिएको ‘बृहत् युवा तथा महिला’ भेला कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रचण्ड–माधव समूहले चुनाव चिन्ह सूर्य पाउने हैन, सपनासमेत देख्ने अधिकार नभएको बताउनुभयो । आगामी निर्वाचनमा भैंसी वा सिक्का चुनाव चिन्ह लिएर जनताको माझमा जान आग्रह गर्दै उहाँले जीन्दगीमा कहिले पनि सूर्य चिन्हमा चुनाव नलडेको प्रचण्ड तथा पार्टीबाट पोइला गएका माधवले सूर्य चिन्हमा आँखा गाड्नुको कुनै अर्थ नभएको स्पष्ट पार्नुभयो । निर्वाचन आयोगले सूर्य चिन्ह र नेकपा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीको हुनेमा कुनै संका नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डले भैंसीको पुजा गर्ने र माधव नेपालले प्रधानमन्त्री हुन पाउँ भनि राजासँग सिक्का लिएर पाउमा परेको इतिहास साक्षी रहेको उल्लेख गर्दै नेता बस्नेतले प्रचण्ड–माधवले भैंसी वा सिक्का चुनाव चिन्ह लिएर आगामी निर्वाचनमा लड्नुस् । नेकपा र सूर्य चिन्ह पाउने हैन, सपना देख्ने समेत अधिकार प्रचण्ड–माधवलाई छैन । जीन्दगीमा एक पटक पनि सूर्य चिन्हमा नलडेको तथा पार्टीबाट पोइला गएकाले व्यक्तिले सूर्य चिन्ह माग्ने कुनै अधिकार छैन ।’

माधवले नेतृत्व गरेको समयमा तत्कालिन एमालेले प्रधानमन्त्री ओलीको हिरालाई डोकोले छोपेर लुकाएको आक्रोस व्यक्त गर्दै केपी ओलीको लैरीले बैतनी तर्नेहरुले अहिले आएर केपी ओलीलाई नै चुनौति दिइरहेको बताउनुभयो ।

प्रचण्ड–माधवको कुनै पनि कार्यक्रममा घेराउ नभई जनताको नजरमा हेराउन पनि नरहेको औंल्याउँदै उहाँले आन्दोलनकारीले नै बहिस्कार र तिरस्कारको अभियान देशभर शुरु भएको बताउनुभयो । प्रचण्ड–माधव समूहले आयोजना गरेको नेपाल बन्दको देशव्यापी युवाहरुले गरेको प्रतिकार तथा प्रचण्ड–माधव समूहको कार्यक्रममा जनताको उपस्तिथी हुन छोड्नु नै जनताबाट तिरस्कृत भएको उहाँले बताउनुभयो ।

प्रचण्ड–माधव नेपाल राष्ट्रघाती, हत्या, हिंसा, भ्रष्टाचारीलगायतका चंगुलमा रहेको बताउँदै नेता बस्नेतले प्रचण्डले लडाकु समायोजनका क्रममा गरेको ३५ अर्व भ्रष्टाचारको छानविन हुनुपर्नेमा समेत जोड दिनुभयो । मान्छे आउन छोडेपछि पशुपति दर्शन गराउँछु भनेर मान्छे भेला गरेको पनि जनताले बुझिसके उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले आम नेपालीहरुको धार्मिक विश्वासको मन्दिर पशुपतिनाथको आलोचना गर्नु प्रचण्ड–माधव समूहको जनतालाई आश्वासन देखाई मान्छे भेला पर्ने खेल पनि समाप्त भएको बताउनुभयो ।

‘राष्ट्रघाती, हत्या, हिंसा, भ्रष्टाचारीको नाम कसैको आउँछ भने प्रचण्डको आउँछ, पर्यायवाची नाम प्रचण्ड’ उहाँले भन्नुभयो, ‘षड्यन्त्र र वादमासीको नाइके प्रचण्डको पछि लागेर राष्ट्रघाति कदम, हत्या हिंसा, भ्रष्टाचारको जिम्मा नलिन जनप्रतिनिधि तथा प्रचण्ड माधवका नेतालाई आग्रह गर्दै प्रम ओलीले नेतृत्व गरेको नेकपामा गोलवन्द भई गैरवको महशुस गर्न आग्रह गर्दछु ।’

सकड आन्दोलनको नाममा सरकार तथा नेपाली जनतालाई तर्साउने कार्य माधव–प्रचण्डद्वारा भइरहेको उल्लेख गर्दै नेता बस्नेतले विगतमा जस्तो मांशहारी आन्दालन गरेर आफ्नो स्वार्थ पुरा गर्छु भन्ने सपना नदेख्न समेत चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी जे पनि गर्छौ भनेर अदालत तथा निर्वाचन आयोगलाई धम्की दिनु भनेको रानी पोखरीमा गएर हाम फल्ने मात्र हो । हात्तिको अगाडी बाख्राले निहुँ नखोजे हुन्छ । आगामी निर्वाचनबाट तपाईहरुको अस्थित्व के हो भनि जनताले देखाइदिनुहुनेछ ।’

आगामी निर्वाचनमा देशभर ओली नेतृत्वको नेकपाको लालकिल्ला बन्ने दावी गर्दै नेता बस्नेतले पार्टीमा माधव–प्रचण्डको बहुमत भनेको २०–३० जनाको केन्द्रीय सदस्यमात्र भएको समेत तथ्य सार्वजनिक गर्नुभयो । २०–३० जनाको केन्द्रीय सदस्यहरुले पार्टीमा सुनामी नै ल्याउँछौं भनि गरिएको हल्ला अब प्रचण्ड–माधवको सुनामी नभई खरानी हुने समेत दावी गर्नुभयो । त्यस्तै उहाँले प्रचण्डमा एक हप्तावीचमा सिन्धुपाल्चोकमा मात्र ठूलो भूकम्प जाने समेत बताउनुभयो ।

वर्तमान अवस्थामा देशभर युवाहरु सडकमा आएको उल्लेख गर्दै उहाँले वर्तमान परिवर्तन तथा प्रधानमन्त्री केपी ओलीको समर्थमा आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘देशभरका युवाहरु दृष्य, कुनै जात्राको भोज खान आएको पंति होइन । नेपालको कम्युनिष्ट आन्दोलन बचाउन आएको हो, कम्युनिष्ट पार्टीका खराव हरियो घाँस रुपी सर्पहरुलाई पत्ता लगाउन आएको हो, समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पुरा हुन आएको हो ।’

मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो कम्युनिष्ट पार्टीको सरकारले मुलुक र जनताको पक्षमा काम गर्ने भनि स्थापीत भएको जसको अहिलेको उत्तराधिकारी प्रधानमन्त्री ओली भएको उल्लेख गर्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले दुई हजार बृद्धा भत्ता वितरण शुरु गरेको, आफ्नो गाउँ आफै बनाउँन थालेको, एउटा नगरपालिकामा अरवौं रकम पठाउन थालेको, घरवार विहिनहरुलाई बाच्ने अधिकारको सुरक्षित बनाउनुपर्छ भनि सुकुम्बासी तथा भुमिहिनहरुको समस्या समाधान भइरहेकोलगायतका जनताले प्रत्यक्ष रुपमा देख्ने र भोग्ने गरी कामहरु अगाडी बढिरहेको बताउनुभयो ।

विकास र समृद्धिको यात्रा प्रचण्ड र माधवलाई मन परेन उल्लेख गर्दै राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले प्रधानमन्त्री ओलीले जनता र मुलुकको हितमा तथा प्रगतिका कारण माधव, प्रचण्ड तथा झलनाथ खनालको टाउको दुखेको दावी गर्नुभयो । गाउँ गाउँमा सहकारी घरघरमा रोजगारीको अभियानले आर्थिक वृद्धिदरमा उल्लेख्य सुधार हुने क्रममा रहेको जानकारी गराउँदै उहाँले वर्तमान सरकारले नीजि, सहकारी तथा सरकारीको माध्यबाट मुलुक रुपान्तरणको अभियान चलिरहेको जसले गर्दा ग्रामिण तहमा रहेको सामन्तीवादको अन्त्य भएको बताउनुभयो ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले रोजगारीको लागि सरकारले कृषी, युवा, महिला, शैक्षिक प्रमाणपत्रलगायतका आधारमा विनाधितो सहुलियतदरमा ऋण उपलब्ध गराइरहेको जानकारी गराउँदै उहाँले मुलुकभर साना, ठूला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरवका आयोजनाहरु द्रुत गतिमा अगाडी बढाउने, रेलमार्ग, सुरुङ मार्ग, स्मार्ट सिटी, पानी जहाज, भुकम्प प्रभावीतको सात लाख घरहरु निर्माण भएको लगायतका असंख्य विकास र समृद्धिका कामहरु भएको सविस्तार प्रस्तुत गर्नुभयो । मेलम्चीमा सरकारले निर्माण गरेको घरबनाउने अभियानले अहिले कुनै नेपालको जस्तो नभई विदेशी जस्तो व्यवस्थित र प्रभावकारी भएकोसमेत उहाँले स्पष्ट पार्नुभयो ।

नेता बस्नेतले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले पहिलो पटक न्युनतम १३ हजार चार सय तलव तोकेको, वाल श्रम शोषण गरे जेल हाल्ने, नीजि क्षेत्रका मजदुरलाई पेन्सनको व्यवस्था गर्ने, महिला हिंसा, बलात्कार, हत्या गर्नेलाई कठोर कानुन ल्याउने, एसिड प्रहार गर्नेलाई आजीवन जेल अध्यादेशमार्फत कानुन निर्माण गरेको लगायतका नीतिगत सुधारका कार्यहरुलाई विवेचनात्मक रुपमा प्रस्तुत गर्नुभयो ।

मनमोहनको लोकप्रीयतालाई देखेर अत्तालिएर प्रचण्डले शसस्त्र युद्धको घोषणा गरेको स्मरण गर्दै नेता बस्नेतले माधव नेपालको नेतृत्वमा रहेको समयमा प्रचण्डले तत्कालिन एमालेका सयौं कार्यकर्तालाई मृत्यु गराएको बताउनुभयो ।

वर्तमान पुस्ता हरेक परिवर्तनको लागि साक्षी भएको उल्लेख गर्दै उहाँले हत्या, हिंसा तथा जहानीय राणा तथा शाही शासनको विरुद्धमा लडेर आएको अघिल्लो पुस्ता जसले गर्दा नेपालमा प्रजातन्त्रको स्थापना भएको स्मरण गर्नुभयो ।

भेलालाई यूवा संघको अध्यक्ष बच्चन बहादुर सिँह, केन्द्रिय सदस्य हस्त पण्डित, जिल्ला अध्यक्ष बालकृष्ण देउजा, यूवा संघका उपाध्यक्ष अशोक चौलागाइँ लगायतले सम्बोधन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021