विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना घाइते

मन्थली, ७ फागुन । रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार बिहान सालुबाट मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्बरको बस मन्थली नगरपालिकास्थित मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएको छ ।

सदरमुकाम मन्थलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सेतिदेवी मावि सालुका विद्यार्थी र स्काउटको टोली चढेको बस दुर्घटनामा परेको हो । घाइतेहरुको अहिले तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरलाई साइट दिने क्रममा तीव्र गतिका कारण अचानक बस सडकमै पल्टिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ