क्यान्सर कर्मचारी शाहलाई उदयपुर सिमेण्ट उद्योगद्वारा सहयोग

उदयपुर, ७ फागुन । उदयपुर सिमेण्ट उद्योगले क्यान्सर पिडित कर्मचारी राजेन्द्रप्रसाद साहलाई उपचारको लागि रु पाँच लाख सहयोग गरेको छ ।

कोही भोकले नमरुन, कोही रोगले नमरुन भन्ने नेपाल सरकारको नीति अनुरुप उद्योगले पनि आफ्नो कर्मचारीलाई अभिभावकत्व ग्रहण गर्ने उल्लेख गर्दै क्यान्सर पिडित शाहलाई नगद सहयोग गरेको हो ।

उद्योगका महाप्रवन्धक गोपी न्यौपानेले उक्त रकम कर्मचारी शाहलाई हस्तान्तण गर्नुभयो । उद्योगको नीति बमोजिम उहाँलाई रु पाँच लाखको चेक हस्तान्तरण गरिएको जानकारी गराउनुभयो ।

उहाँले चेक हस्तान्तरण गर्दै भन्नुभयो, ‘क्यान्सर जस्तो कडा रोगबाट पीडित यस उदयपुर सिमेण्ट उद्योगका कर्मचारी राजेन्द्र प्रसाद शाहलाई उद्योगको नीति बमोजिम निजको निवासमा रु. ५ लाखको चेक हस्तान्तरण । सिघ्र स्वास्थ्य लाभको कामना ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्