आजको मौसम

काठमाडौँ, ७ फागुन । हाल प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ । यस्तै आज राति प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौँमा आज दिउँसो पानी पर्ने सम्भावना रहेको छ । अपरान्ह्पछि बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको छ । आज विहान काठमाडौँको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौँको तापक्रम बढेर २२–२४ डिग्री सेल्सियससम्म पुग्ने छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।