बजाज सर्भिस सेन्टरप्रति ग्राहकको चरम असन्तुष्टि

काठमाडौँ, ६ फागुन । ललितपुर जिल्लाको कुमारीपाटी स्थित बजाज सर्भिस सेन्टर प्रति ग्राहकहरुको चरम असन्तुष्टि रहेको बुझिएको छ ।

बजाज कम्पनीले आफ्ना नियमित ग्राहकलाई Annual Maintenance SCHEME प्रदान गर्ने गर्दछ । यो Scheme प्राप्त गर्न ग्राहकले रु १५ सय तिर्नुपर्ने हुन्छ । तर कम्पनीले पैसा लिई उक्त योजना ग्राहकलाई प्रदान नगर्ने तथ्य खुलेको छ ।

एक ग्राहकका अनुसार उक्त क्अजझभ कार्ड लिइ पटकपटक शोरुममा पुग्दा अनेक बहाना पारी फर्काएको बताउँछन् । उनी भन्छन्, “फोनमा आउनुस् भनेर बोलाउछन् तर अफिस पुगेपछि रत्तिभर रेस्पोन्स गर्दैन, आतिथ्यता त पटकै छैन । सबै घमण्डी व्यवहार प्रदर्शन गर्छन ।”

अन्य ग्रहकहरु पनि सर्भिसिङको लागि आफ्नो साधन छोड्दा कहिले पेट्रोल चोरी हुने त कहिले आफ्नो साधनको सक्कली सामानसँग नक्कली सामान साटिदिने आरोप लगाउने गरेका छन् । ग्राहकहरुको अनुसार उक्त शोरूमले ग्राहकलाई सेवा दिनुको साटो वैधानिक तवरले पैसा लुट्ने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी