एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ, ६ फागुन । मोरङमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

बुधबार दिउँसो ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री ग्रामथान गाउँपालिका-२ की ४५ वर्षीया रम्वादेवी महत्तोलाई ठक्करबाट गम्भीर घाइते भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार गम्भीर घाइते भएकी महत्तोको उपचारका क्रममा बिहीबार बिहान पौने १० बजे विराट मेडिकल कलेज बुढिगंगामा मृत्यु भएको हो ।

ट्रक चालक नबिन खवास र एम्बुलेन्स चालक घनश्याम कुँवरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख