पार्टी छाडेर जानेसँग आउँदो निर्वाचनमा बदला लिन्छौं: मुख्यमन्त्री पोखरेल

घोराही, ५ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी छाडेर जानेहरुसँग आउँदो चुनावमा बदला लिने चेतावनी दिनुभएको छ ।

बुधबार अखिल नेपाल महिला संघ दाङको पार्टी कार्यालय भरतपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड’– माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै यस्तो चेतावनी दिनुभएको हो । दाङमा प्रत्यक्षतर्फ जित्ने प्रतिनिधिसभा सदस्यहरु आफुहरुसँग नरहेको भन्दै उहाँले प्रधानमन्त्री केपी ओलीको बलमा चुनाव जित्नेहरुले अवसरवाद प्रदर्शन गर्दै अनुशासनहीन काम गरेको बताउनुभयो ।

काँग्रेसले प्रदेशको राजधानी बुटवल तोकेको भन्दै मुख्यमन्त्री पोखरेलले आफ्नो पहलमा दाङलाई स्थायी राजधानी बनाइएको उल्लेख गर्दै काँग्रेसले विगतमा जिम्मेवारी लिएर पनि काम गर्न नसकेको तर, नेकपाको नेतृत्वमा सरकार बनेपछि असाधारण काम भएको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा