मुख्यमन्त्री शाहीद्वारा सचिवालय हेरफेर

सुर्खेत, ५ फागुन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो सचिवालय हेरफेर गर्नुभएको छ ।

उहाँले बुधबार आफना दुई स्वकीय सचिवसहित एकजना सल्लाहकार हेरेफेर गर्नुभयो । मुख्यमन्त्री शाहीले आफ्नो प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य, जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक र स्वकीय सचिवमा रवीन्द्रबहादुर शाहीलाई नियुक्त गर्नुभएको छ ।

विगत तीन वर्षदेखि प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी र स्वकीय सचिव सुमन शाहीलाई उहाँले आजै बिदा दिनुभयो ।

अन्य नेताहरुलाई पनि अवसर दिन सचिवालय हेरफेर गरिएको मुख्यमन्त्री शाहीको भनाइ छ । उहाँले भन्नुभयो, ‘सचिवालय हेरफेर गर्नुको पछाडि कुनै कारण छैन । सबै साथीहरुलाई काम गर्ने अवसर प्रदान गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका

धादिङ, १० साउन । १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८

काठमाडौँ, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका