ट्रकको ठक्करबाट हरिणको मृत्यु

चितवन, ५ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट एक हरिणको मृत्यु भएको छ ।

आज बिहान करिब साढे चार बजे रत्ननगर नगरपालिका वडा नं. ९ सिंचाइगेट अगाडि ना ६ ख १४६० नम्बरको ट्रकको ठक्करबाट हरिणको घटनास्थलमै मृत्यु भएको हो । रौतहटबाट नुवाकोटतर्फ जाँदै गरेको सो ट्रकलाई प्रहरीले चितवनको रामनगरबाट पौने सात बजे नियन्त्रणमा लिएको थियो ।

ट्रक चालक नवलपरासीको देवचुली नगरपालिका वडा नं. १ बस्ने २४ वर्षीय अनिल कुमाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी