कानूनभन्दा बाहिर गएर कसैले केही गर्न पाउँदैनः मन्त्री डा. तुम्बाहाङ्फे

काठमाडौँ, ५ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय उद्घाटन गर्नुभएको छ ।

मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकारी दिनुभयो । उहाँले कर्मचारीलाई सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन आग्रह गर्नुभयो । ‘कानूनभन्दा बाहिर गएर कसैले केही गर्न पाउँदैन,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा भूमि सम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको दोहो¥याउँदै स्थानीय तहसँग मिलेर काम गर्न आग्रह गर्नुभयो । आयोगमा मालपोत र नापीका प्रमुखहरु पनि जिल्ला समितिमा रहनुहुनेछ ।

आयोगको काममा जनप्रतिनिधिहरुसमेत जोडिनुभएकाले उहाँहरुलाई ऐन अनुसार जिम्मेवार भएर काम गर्न अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्