अमित साहको अभिव्यक्तिप्रति नेपाल सरकारको आपत्ति

काठमाडौँ, ५ फागुन । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता विप्लव देको अभिव्यक्तिप्रति नेपालले आपत्ति जनाएको छ । देवले भाजपाका नेता एवम् गृहमन्त्री साहले पार्टी बैठकमा नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाएको अभिव्यक्ति दिएपछि नेपालले आपत्ति जनाएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयमा नेपाल भुटान डेक्स हेर्ने अधिकारीसँग भेटेर यस विषयमा नेपाल सरकारका तर्फबाट आपत्ति जनाएका हुन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि नेपालले भाजपाका नेताको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिसकेको पुष्टि गरेका छन् । उनलाई मेन्सन गरिएको ट्वीटर प्रयोगकर्तालाई जवाफ दिँदै ज्ञवालीले औपचारिक रुपमै भारतीय पक्षलाई नेपालको असहमति सन्देश पठाइसकेको बताएका छन् । उक्त विषयमा राजदूत आचार्यले भारतीय बाह्य मामिला मन्त्रालयका सहसचिव अरिन्दम बाक्चीमार्फत ध्यानाकर्षण गराएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले