सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौँ, ४ फागुन । आज सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार माकक नेप्से परिसूचक बढेर बन्द भएको छ ।

१५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ । उता क वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् पनि ४ दशमलव ०९ अंकले वृद्धि भएको छ ।

कारोबार रकम १० अर्ब नाघेको छ । दिनभर भएका ७६ हजार ४९३ कारोबार बाट १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ । मंगलबार कारोबार खुलेसँगै बजार बढ्न थालेको थियो । बजार एक पटक ४४ अंकले वृद्धि भएको थियो भने एक पटकम माइनसमा झरिसकेको थियो । बढ्ने घट्ने क्रम चलिरहदा अन्तमा दोहोरो अंकले बढेर बन्द भयो ।

मंगलबार व्यापार, होटल, जलविद्युत, फाइनान्स, बिमा कम्पनी तथा लघुवित्त समूहको सब इन्डेक्स पनि घटेको छ । कम्पनीगत हिसाबले हेर्दा धेरै कमाउनेमा चन्द्रागिरी हिल्स देखिएको छ भने दोस्रो नम्बरमा मिर्मिरे लघुवित्त र तेस्रो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य धेरै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख