काठमाडौँ, ४ फागुन । थप १ सय ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८५ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ९९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६९हजार ३ सय ३ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या २ हजार ५५ जना पुगेको छ ।