ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

खोटाङ, ४ फागुन । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्लमास्थित छेकालुङ खोलामा ट्याक्टर दुर्घटना हुँदा खोटेहाङ गाउँपालिका–१ का अन्दाजी १९ वर्षीय सञ्जिव खड्काको घट्नास्थलमै मृत्यु भएको हो ।

आज दिक्तेलबाट आफन्तको घर गएर फर्कने क्रममा को २ त ८५७९ नम्बरको ट्याक्टर तिर्वगतिका कारण घुम्तिमोडमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

ट्याक्टर चालक फरार रहेका र सहसचालक घाइते भएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)