पाटेबाघ देखिन थालेपछि थप सतर्कता

काठमाडौँ, ४ फागुन । कैलालीको सामुदायिक वनमा पाटेबाघको चलखेल बढेपछि सुरक्षा सतर्कता बढाइएको छ । यस क्रममा पाटेबाघले आइतबार एक महिलाको ज्यानसमेत लिइसकेको छ । बाघले मान्छेमाथि आक्रमण गर्नसक्ने अवस्थालाई मध्यनजर गरेर बाघ देखिएको क्षेत्र र सो आसपासमा सुरक्षा सतर्कता बढाइएको हो ।

शुक्रबार मात्रै पाटेबाघले कैलारी गाउँपालिका–८, दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो । सीताकुवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी घाइते भएका छन् । यसैगरी शनिबार मान्छे रहेकै ठाउँमा बाघ महेन्द्र राजमार्गमा निस्केको थियो । सोही दिन गौरीगङ्गा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा चराउन लगेको बाच्छो मारेर खाएको छ ।

बाघको चलखेल बढेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता  बढाइएको  सामुदायिक  वन  समन्वय समिति मसुरियाका सदस्य गोविन्द शर्मा लामिछानेले बताए । सबै वनमा मान्छेको प्रवेशमा रोक लगाइएको उनले उल्लेख गरे । “विवाहको बेला भएकाले मान्छे सालको पात टिप्नका लागि जङ्गलभित्र जाने गरेका छन्,” उनले भने, “बाघ देखिन थालेपछि समितिले वनभित्र पस्न पूर्ण रूपमा बन्देज लगाउनुका साथै सबैतिर सतर्कता बढाएको छ ।”

बाघले मान्छे वा पशुमाथि आक्रमण गर्नसक्ने र तस्कर वा सिकारीले बाघ मार्नसक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता बढाइएको छ । बाघ जोगाउनका लागि सामुदायिक वनका सदस्यलाई परिचालन गरिएको छ । शनिबार क्यामेरा ट्र्यापिङ गर्न गएका बेला बाघ नजिकै आएपछि रुखमा चढेर लामिछानेले मोबाइलमा भिडियो र तस्बिर कैद गरेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले