निर्वाचनका लागि दल दर्ता प्रक्रिया चाँडै सुरु हुन्छ: निर्वाचन आयोग

काठमाडौँ, ३ फागुन । निर्वाचन आयोगले सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको बताएको छ । आगामी निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताबारेमा दलका प्रतिनिधिहरुसँग आज आयोगमा छलफल गर्दै आयोगले सो कुरा बताएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार निर्वाचन आयोग तोकेकै समयमा निर्वाचन गराउन सक्षम रहेको दलहरुलाई प्रष्ट पारेको जानकारी दिनुभयो । आजको बैठकमा दलका प्रतिनिधिहरुबाट रचनात्मक सुझाव आएको पनि उहाँले बताउनुभयो । केही सुझाव भोलि सोमबारसम्म लिखितरुपमा आउने पनि आयोगले बताएको छ ।

प्रवक्ता श्रेष्ठकाअनुसार राजनीतिक दलका प्रतिनिधिहरुबाट सुझाव प्राप्त भएपछि सोही सुझावका आधारमा आचारसंहिता स्वीकृत गरिनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताका विषयमा पनि आयोगले छिट्टै निर्णयमा पुग्ने उहाँले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी