१ लाख ९० हजारसहित चार जना पक्राउ

बुटवल, २ फागुन । स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित ४ कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ सहित इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगरलाई नियन्त्रणमा लिइएको हो । 

उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)