ब्राजिलमा कोरोनाबाट दैनिक एकहजार भन्दा बढिको ज्यान जाँदै

एजेन्सी, २ फागुन । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै देखिएको छैन । पछिल्लो अपडेटअनुसार यहाँ गएको २४ घन्टायता १ हजार ४३ जनाको ज्यान गएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ १ हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार यहाँ कोरोना भाइरसका कारण एक हजारजना भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ९८ लाख ६ हजार ९६५ जना सङ्क्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८७ लाख १० हजार भन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् भने ८ लाख ६१ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।त्यस्तै ब्राजिलमा अहिले हजरौँ नागरिकलाई आइसीयुमा राखेर उपचार गरिएको पनि त्यस समाचारमा जनाइएको छ । यहाँ यो भाइरसको दोस्रो वेभ आएको छ र त्यसपछि यहाँ यो सङ्क्रमणबाट बढी क्षति भएको छ । ब्राजिलमा संयुक्त राज्य अमेरिकापछि ठूलो संख्यामा मानिसको निधन भएको छ । अमेरिकामा अहिलेसम्ममा चार लाख ९६ हजार भन्दा बढीको निधन भएको छ । रासस \सिन्हवा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्