तत्काल केरुङ नाका खुलाउन कांग्रेसको माग

काठमाडौँ, २ फागुन । नेपाली कांग्रेसले उत्तरी छिमेकी चीनसँगको केरुङ नाका तत्काल खुलाउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तत्काल केरूङ नाका खुलाका लागि आवश्यक पहल गर्न सरकारसँग माग गर्दै आज विज्ञप्ति जारी गरेका छन् । 

“चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाइ र आवागमन बन्द गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो,” विज्ञप्तिमा भनिएको छ, “तर, तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।”

No description available.

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका