सरकारको विशेष योजना अन्तर्गतको ‘दार्चुला-तिङ्कर सडक’ निर्माण गर्न सेनाको टोली व्यास पुग्याे

File Photo

काठमाडौँ, २ फागुन । महाकाली करिडोर अन्तरगत दार्चुला–तिङ्कर सडक निर्माणका लागि नेपाली सेनाको टोली व्यास पुगेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख सेनानी उज्जल राणाको नेतृत्वमा दक्ष प्राविधिक जनशक्ति सहितको टोली निर्माण स्थलमा गएको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ ।

गत साउन महिनाको अन्तिम साता दार्चुला सदरमुकाम खलंगा पुगेको नेपाली सेनाको टोली सडक निर्माणका लागि माघ ३० गते खलंगाबाट साइटतिर प्रस्थान गरेकोमा शनिबार निर्माण स्थलमा पुगेको छ । निर्माणका लागि आवश्यक प्रक्रियाहरु पूरा भएसँगै नेपाली सेनाको टोली आवश्यक बन्दोबस्तीका सामग्रीहरु सहित व्यास गएको हो । दार्चुला पुगेको निर्माण सामाग्री तथा बेस क्याम्प निर्माणका लागि चाहिने आवश्यक सामग्री समेत व्यास पठाइएको नेपाली सेनाले जनाएको छ । व्यास क्षेत्रका दुई स्थानमा बेस क्याम्प स्थापना गरि सडक निर्माणको काम शुरु गर्ने तयारी थालिएको प्रमुख सेनानी राणाले बताउनुभयो ।

नेपाल सरकारले घाँटिबगरदेखि तिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही अनुसार नेपाली सेनाको टोली निर्माणस्थलमा पुगिसकेको छ । खलंगादेखि व्यास गाउँपालिका–३ सम्म दार्चुला–तिङ्कर सडक योजनाले ४३ किलोमिटर सडकको ट्र्याक खोलेको छ । बाँकी ८७ किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाको टोली अहिले निर्माण स्थलमा गएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसअघि सेनाले घाँटीबगर इलाकाको घोडेटो बाटो सम्पन्न गरे पनि अहिले भने अर्कै बाटो हुँदै सडक निर्माण गर्न लागेको जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख