प्रधानमन्त्रीद्वारा सरकारको तीन वर्षको उपलब्धिबारे सञ्चारकर्मीलाई सम्बोधन गर्ने

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “प्रधानमन्त्रीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको उद्घाटन गर्नुहुनेछ । उद्घाटनपछि उहाँले सरकारको तीन वर्षको उपलब्धिबारे सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।” प्रधानमन्त्रीको सम्बोधनपछि अहिलेको भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन गरिएको भवनमा स्थानान्तरण हुने उनले स्पष्ट पारे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)को प्रबलीकरण सम्पन्न भई प्रधानमन्त्रीबाट फागुन ३ गते उद्घाटन गरिने कार्यक्रम तय भएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख