चुनावपछि माधव–प्रचण्डलाई धरहरामा चढेर दुरविनले खोज्नुपर्छः मुख्यमन्त्री पोखरेल

बुटवल, १ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी २०७८ साल बैशाख १७ र २७ गते हुने निर्वाचन पछि पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालले नेतृत्व गरेको पार्टीलाई धरहराको टुप्पोमा चढेर दुरविन लगाई खोज्नुपर्ने अवस्थामा पुग्ने दावी गर्नुभएको छ ।

नेकपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको बृहत आमसभालाई शनिबार सम्बोध गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली समूहका नेता शंकर पोखरेलले आफ्नो पार्टीले रोल्पा र रुकुमबाट चुनाव जित्ने दाबी गर्नुभयो । रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर प्रचण्ड(माधवले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाहृयो, त्यहि हुने थलोको रुपमा चित्रण गर्ने गरिन्छ । तर आउने चुनावमा रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु ।’

प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी शर्मा ओलीको टाउकोमा हिर्काउन खोजेको तर आफैं भुइँमा पछारिएको उहाँले बताउनुभयो । एमालेको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्डले जनयुद्धका कमाण्डरहरुले साथ गुमाएको भन्दै उहाँले भन्नुभयो, ‘आज फागुन १ गतेका दिन जनमुक्ति सेनाका कमाण्डरहरुले घोषणा गर्नुभयो, अब केपी ओलीको नेतृत्वमा हामी राष्ट्र बनाउने अभियानमा जुट्न चाहान्छौं ।’

कानुनले केपी शर्मा ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी चिन्ने भन्दै उहाँले आफूहरु नै आधिकारिक भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख