प्रचण्डको बिग्रीएको ‘थ्री नट थ्री’लाई प्रम ओलीको स्वचालिन राईफलले सडकमा पुर्यायो: मन्त्री रायमाझी

बुटवल, १ फागुन । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड-नेपाल समुहले प्रतिपक्षीको काँधमा टेकेर सुट गर्न खोजेको आरोप लगाउनु भएको छ ।

शनिबार प्रधानमन्त्री ओली समुहको नेकपाले आयोजना गरेको कार्यक्रम बोल्नै मन्त्री रायमाझीले प्रचण्ड-नेपालले विशेष अधिवेशनको बैठकबाट प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव पेस गर्न खोजेका तर सांसद नपुगेपछि प्रतिपक्षीको काँधमा टेकेर ओलीलाई सुट गर्न खोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अविस्वास प्रस्ताव गर्न प्रचण्ड-नेपाल समुहलाई १३८ जना सांसद चाहिएकोमा ५५ जनाको अभाव थियो, त्यसकारण उहाँहरुले प्रतिपक्षीको काँधमा टेकेर केपी शर्मा ओलीलाई अबदस्त र सुट गर्न खोज्नुभयो, त्यो पनि बिग्रीएको थ्री नट थ्री राइफालले, तर केपी ओलीसँग स्वचालिन राईफल थियो । त्यो पनि बिग्रीएको थिएन, उहाँसँग एके ५७ थियो, आफू सिधिनुधन्दा पहिले ओलीले दिनुभयो दनक उहाँहरु सडकमा पछारिनुभयो ।’

पूर्वएमाले र पूर्वमाओवादीको समिकरण बनाएर प्रधानमन्त्री बिरुद्ध प्रचण्ड-नेपाल समुहले घेराबन्दी गरेको पनि उहाँको भनाइ थियो । प्रचण्ड-नेपाल समुहलाई त्यो बेला आफूहरुले त्यो नगर्न आग्रह गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले त्यो बेला त्यो नगर्नुहोस्, केपी ओलीसँग ५० औं विकल्प छन्, तपाईहरुसँग केही विकल्प छैनन् भनेर भन्यौँ तर उहाँहरुले गरि छोड्नु भयो, अहिले उहाँहरु सडक छाप हुनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३