प्रचण्ड ‘लालगद्धार’: मन्त्री भट्ट

बुटवल, १ फागुन । उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्डलाई ‘लालगद्धार’ भएको आरोप लगाउनुभएको छ ।

शनिबार पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समिति बुटवलद्वारा आयोजित राष्ट्रिय भेलामा सम्बोधन गर्दै मन्त्री भट्टले प्रचण्डले पद र शक्ति नपाएपछि पुनः विरोध शुरू गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपरेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘वर्षौंदेखि प्रचण्डकै पछि(पछि लागेर मुलुकका लागि जनयुद्ध लड्यौँ । कैयौँले ज्यान गुमाए । तर, अहिले ती सबै बिर्सेर प्रचण्ड सुखसयल, पद र परिवारमा केन्द्रित भएको देख्नुपर्यो । त्यसपछि छलफल नै नगरी पदकै लोभमा पार्टी एकता भयो, अहिले पद र शक्ति नपाएपछि पुनः विरोध शुरू गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपर्यो ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति गद्धारी गरेपछि उहाँको साथ छाडेर केपी ओलीलाई साथ दिएको बताउँदै मन्त्री भट्टले यदि त्यहिँ प्रवृत्ति ओलीमा पनि देखिए साथ छाड्ने बताउनुभयो । प्रचण्डले पूर्वजनमुक्ति सेना र उनीहरूका परिवारलाई धोकामात्र नदिएर प्रचण्डमा सामन्ती प्रवृत्ति हावी भएको पनि मन्त्री भट्टले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३