मोटरसाइकल दुर्घटनामा हुँदा प्रहरी जवानको मृत्यु

रसुवा, १ फागुन । रसुवामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ ।

शुक्रवार बेलुकी प्रदेश-३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल राम्चेमा रहेकाे सडकबाट करिब २० मिटर तल खस्दा चितवनका ३० वर्षीय इन्द्रप्रसाद अर्यालकाे मृत्यु भएकाे हाे । रसुवाको कालीका गाउँपालिका–१, राम्चेबाट अस्थायी प्रहरी चौकी ग्राङ फर्कने क्रममा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार राजेन्द्र लामा र अर्याल दुर्घटना परेका थिए ।

दुर्घटना लगत्तै नुवाकोटमा रहेकाे त्रिशूली अस्पतालमा पुर्याइएका अर्यालकाे उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको हो ।  घाइते भएका प्रहरी हवल्दार लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले