प्रचण्ड–माधवको विरोध कार्यक्रम: वालवालिकाको चरम दुरुपयोगदेखी जग्गा दिने आश्वासनसम्म

काठमाडौँ, २८ माघ । नेपालको संविधानले वालवालिकालाई कुनै पनि सभा सम्मेलन, जुलुशमा प्रयोग गर्न पाइने छैन भनि प्रष्ट रुपमा उल्लेख गरेको छ । वालवालिकालाई कुनै पनि राजनीतिक कार्यक्रममा सहभागि गराउन कानुनले बन्देज गरेको छ ।

एक तर्फ कानुनले वालवालिकाको राजनीतिकमा कार्यक्रममा सहभागि गराउन नपाउने भनेको छ तर अर्को तर्फ कानुन निर्माणकर्ता तथा संविधानमा हस्ताक्षरकर्ताले ले आफ्नो हस्ताक्षरलाई लत्याउँदै वालवालिकाको भाग्य र भविष्यलाई खेलवाड गरी चरम रुपमा दुरुपयोग गरेको पाइएको छ ।

वालवालिकाको अराजनीतिक आन्दोलनमा चरम रुपमा दुरुपायोग तथा कलिला वालवालिकाको भाग्य र भविष्यलाई नै अन्धकार बनाउने मुख्य पात्रको रुपमा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको समूह रहेको प्रष्ट रुपमा देखिएको छ । माधव–प्रचण्डले आज काठमाडौँमा आयोजना गरेको सरकार विरुद्धको विरोध सभामा देशभरका कलिला वालवालिकालाई जुलुश तथा विभिन्न प्रकारका बाध्यवाधनमा प्रयोग गरेका छन् ।

सित्तैमा काठमाडौँ घुम्न तथा विभिन्न प्रकारका मनोरञ्जनका कार्यक्रममा सहभागि गराउने आश्वासन दिई प्रचण्ड–माधव समूहले कार्यक्रममा ल्याएको ति सहभागि वालवालिकाहरुले बताएका छन् । सित्तैमा घुम्न पाउने, मिठो मिठो खान दिने, रमाइलो गर्न पाउने तथा मनोरञ्जनका कार्यक्रममा सहभागि गराउने गाउँका नेताले बताएपछि आफुहरु कार्यक्रममा आएको १३ वर्षका मनोज सुन्दासले बताए ।

कार्यक्रममा के उद्देश्यले सहभागिता जनाएको भन्ने प्रश्नमा सलिना राईले कुनै उद्देश्यबारे जानकारी नभएको, काठमाडौँ घुम्न तथा रमाइलो गर्नको लागि घरबाट ढाँटेर आएका बताइन ।

त्यस्ते प्रचण्ड माधवले आयोजना गरेको कार्यक्रममा सित्तैमा काठमाडौँ घुम्न तथा पशुपतिको दर्शन गर्न पाउने आश देखाए पछि आएको बताए । त्यस्तै विरोध कार्यक्रममा सहभागिले आगामी बैशाख १७ र २७ मा निर्वाचन भए आफुहरु भोट लगाउने बताए ।

उमेरले ७० कटेकी रौतहट सरमुजा घर बताउने सुदामिया सजङबैठा आफू नेपाली काङ्सको कार्यकर्ता भएको बताउँछीन । गाउँमा झगडामा परी जेलमा परेको छोरालाई स्थानीय नेता उपेन्द्र दासले भेटाइदिन्छु भनेपछि आफु छोरोलाई भेट्न पाइने आशमा काठमाडौँ आएको उनले बताइन् । काठमाडौँमा जेलमा रहेको छोरालाई भेटाइदिन्छु भन्दै उपेन्द्रले ल्याए पनि उनले छोरालाई भेट्न नपाएको गुनासो गरिन् । काठमाडौँ आएपछि छोरा कुन जेलमा छ भन्ने नै पत्ता नलागेको भन्दै जुलुसमा ल्याइएको उनले बताइन् ।

सुदिमायासँगै भेटिएकी सर्लाही जसोधिया घर बताउने फुलनदेवी साहले आफूलाई भने पशुपति दर्शन गर्न पाइने भएकाले जुलुसमा आएको बताइन । अघिल्लो रात गाडीमै गौशालामा बसेर बिहान पशुपति दर्शन गरेर कार्यक्रममा आएको उनले बताइन् । ‘भाडा लिँदैनन्, दालभात खान दिए फेरी लैजान्छन् उनले भनिन् ।’ उनीसँगै रहेका दर्जनौँ महिलाहरूले पनि आफूहरू यस अघि काठमाडौँ नआएकाले जुलुसको मौका पारेर घुम्न आएको बताए ।

सर्लाही लक्ष्मीपुरका सदिक मन्सुरीलाई नेताहरुले बोलाएर आफ्नो घर घडेरी नभएको र जग्गा पनि नभएकाले नेताहरूले आफूलाई जुलुसमा गए आफ्नो सरकार हुँदा जग्गा मिलाइदिने आश्वासन दिएको पनि सुनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी