भ्रष्टाचारी जोसुकै होस् दण्डित गर्न सरकारले हस्तक्षेप गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

आज आयोगको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी कारबाही गराउनु रहेकोले सरकारले त्यसमा सहयोग गर्ने तर हस्तक्षेप नगर्ने बताए ।

उनले भने, ‘संविधान र जनतालाई शिरमा राखेर अगाडि बढ्नुहोस् । भ्रष्टाचारी जोसुकै होस् दण्डित गर्न सरकारले अवरोध गर्नेछैन । अख्तियार स्वतन्त्र छ, हामी यसो गर उसो गर भन्दैनौं ।, ‘भ्रष्टाचार नगर्नेलाई पनि हिलो छ्याप्नैपर्ने प्रवृत्ति नेपालका सञ्चारमाध्यमहरुमा देखिएको छ । केही संस्थाहरू नेपालमा भ्रष्टाचारीबाहेक कोही जन्मदैन भन्ने पुष्टी गर्न लागेका छन् । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले अख्तियारको काम हालसम्म सन्तोषजनक रहेको बताउँदै भ्रष्टाचार गर्ने मात्रै नभई भ्रष्ट मनोवृत्ति राख्ने मान्छेसमेत अख्तियारसँग तर्सिएको बताए । प्रधानमन्त्री ओली सरकार भ्रष्टाचार नियन्त्रणका प्रतिबद्ध रहेको र त्यस्तो प्रतिबद्धता ‘ओठे’ नभएको बताए । ‘सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील छ । यो कुनै लिप सर्भिस होइन, व्यवहारबाटै त्यसको पुष्टी गर्दैछौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)