मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी, २८ माघ । सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

मंगलबार राति बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार चोकमा प्रदेश १, ०२, ०४३ प ८८ २७ नम्बरको मोटरसाइकलले स्थानीय ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दीदा घाइते भएका उनको धरानको घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकलका चालक ३० वर्षीय घनश्याम धामी गम्भीर घाइते भएका छन् । उनको घोपामै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धुलिखेल, ८ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त

पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।