आजको मौसम पूर्वानुमान

काठमाडौँ, २८ माघ । हाल पश्चिमी वायुका कारण अहिले सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा आँशिकदेखि समान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको  छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी