आयोगलाई ओलीले भने – पहिलो अध्यक्ष हुँ, मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन

काठमाडौँ, २८ माघ । प्रधानमन्‍त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा दलभित्रको विवादमा प्रवेश गर्न नहुने बताएका छन् । निर्वाचनको तयारी बुझ्न मंगलबार आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले आफूले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर आयोगमा गरे । छलफलका क्रममा २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आयोगले जेठ २३ गते नै यससम्बन्धी सूचना जारी गरेको स्मरणसमेत गराएका थिए । 

‘म एउटै दलको संसदीय दलको नेताका हैसियतले प्रधानमन्‍त्री भएको थिएँ । पुस ५ गते मेरो सिफारिसमा प्रतिनिधिसभा विघटन हुँदासम्म मेरो त्यो हैसियत कायमै थियो,’ ओलीले आयोगका पदाधिकारीसँग भने, ‘पहिलो अध्यक्ष हुँ। मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन । केही मान्छे बाहिरिएको हो । अहिले आएर विवाद गर्न मिल्दैन ।’  

प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे आयोगलाई जानकारी गराएका थिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी