२१ लाख ९० हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट, २७ माघ । रौतहटको गौर नगरपालिका–४, मा स्रोत नखुलेको २१ लाख ९० हजार रुपैयाँ र ३१ लाख १६ हजार रुपैयाँ र पाँचथान बैंक चेकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले परोहा नगरपालिका–१, जिंगडवा वेलविछुवा बस्ने २७ वर्षीय मोहम्मद दिलसाद आलमलाई  उक्त रकम र चेकसहित पक्राउ गरेको हो ।

पक्राउ उनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको तथा नम्बर नखुलेको स्कुटर कारबाहीको लागि भन्सार कार्यालय गौरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी