आँगनका श्रमिकहरु आन्दोलित

काठमाडौँ, २६ माघ । काठमाडौँ उपत्यकामा गुणस्तरीय मिठाई तथा साकाहारी फाष्ठफुड रेष्टुरेष्टको रुपमा परिचित पशुपती फुड्स आँगनमा कार्यरत श्रमिकहरु आन्दालित भएका छ । जसको कारण उक्त रेष्टुरेष्टको कारखाना तथा आउटलेट आंसिक रुपमा मात्र सञ्चालनमा छन् । पशुपती फुड्स ब्यवस्थापनले श्रमिकहरु बिना कारण हड्तालमा उत्रिएको आरोप लगाएका छन् ।

प्रतिष्ठानको आधिकारीक युनियन नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनका अध्यक्ष कल्पना लामाले “हामीले यस अघि भएका सम्झौताहरु कार्यान्वयन गर्न र काममा नलगाईएका श्रमिक साथीहरुलाई काममा हाजीर गराउने बिषयमा ब्यबस्थापनसंग छलफलको लागी पटक पटक मौखित तथा लिखित आग्रह ग¥यौं । बषौंदेखी काम गर्दै आएका श्रमिकहरुलाई अनिवार्य बिदामा राख्ने तर प्रतिष्ठानको कामको लागी दैनिक ज्यालादारीमा नयाँ कामदारहरु लेराउने, भारतीय कामदारहरुलाई काममा लगाउने जस्ता ब्यबस्थापनको कार्यको बिरोध ग¥यौं ।’’

संस्थासँग विभिन्न समयमा पटक पटक सहमतिहरुलाई कार्यान्वयन गर्न मजदुरहरुले आग्रह गनेको उहाँले बताउनुभयो । प्रतिष्ठानमा आफुलाई महासेठ र श्रमिकहरुलाई दास ठान्ने, श्रमिक, श्रमिकका प्रतिनिधि तथा युनियनसँग कुनै पनि सहकार्य नगरी व्यवस्थापन पक्षले सामन्तीवादी सोचका साथ अगाडी बढाएको आरोप लगाएका छन् ।

उहाँले भन्नुभयो, ‘विभिन्न समयमा भएका सहमती सम्झौताहरु कार्यान्वयन गर्न आग्रह गर्दा आफु महासेठ र श्रमिकहरुलाई दास ठान्ने, श्रमिक, श्रमिक प्रतिनिधी, युनियनसंग कुनै पनि बिषयमा छलफल गर्न तयार नहुने ब्यवस्थापनकको महासामन्ती प्रबृतीले गर्दा नै अहिले हामी आन्दोलनमा जान बाध्य भएका हौं साथै यस अघि यस प्रतिष्ठान पशुपती फुड्स आँगन नामबाट सञ्चालन भएको थियो । जसमा दुईजना सञ्चालकहरु थिए । २०७७ आषाढमा ब्यबस्थापनले हामीलाई बैठकमा बोलाई अब हामीहरु छुट्टैछुट्टै आउटले र कारखाना सञ्चालन गर्ने भयौं । अब पशुपती फुडस रहदैन । आकाश फुड्स र शिब फुड्स नामको कम्पनी हुनेछ । तपाईहरु सबै ९६५ जना० श्रमिकहरु आकाश फुड्सको कामदार÷कर्मचारी हुनु हुनेछ भने । हामीले विस्वास ग¥यो । तर उहाँले हामीलाई आकाश फुड्समा हस्तान्त्रण गर्ने अनी आकाश फुड्स बन्द गरी बर्षैदेखी कार्यरत श्रमिकहरुको रोजगारी खोस्ने, त्यस पछि भारतिय कामदारहरु र राज्यले तोकेको न्यनतम सेवा सुबिधा भन्दा पनि कममा श्रमिकहरु नियुक्ति गर्ने र फेरी दुवैजना मिलि पशुपती फुड्स वा शिब फुड्सबाट ब्यवसाय गर्ने खालको षड्यन्त्र गरेको हामीले सूचना पाएका छौं, यदी यो सत्य हो भने त्यो उहाँहरुको दिवा सपना मात्र हुनेछ । हामीले उठाएका बिषयहरु उपर जवसम्म ब्यबस्थापन छलफलको लागी तयार हुदैन तबसम्म हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहनेछ ।”

यद्यपी दुवै पक्षले समस्या समाधान गराई दिन श्रम तथा रोजगार कार्यालय, टेकु काठमाडौैँ समक्ष निवेदन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा