निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल हुन्छ: अर्थमन्त्री

काठमाडौँ, २६ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता जनाए ।  

त्यस्तै केही माग भने मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने खालका रहेको उनको भनाइ थियो । सार्वजनिक खरीद नियमावली नै संशोधन गरी निर्माण व्यवसायीका माग सम्बोधन गर्न पनि महासङ्घ नेतृत्वले अर्थमन्त्री पौडलेको ध्यानाकर्षण गराएको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुटलगायतका विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदै समस्या समाधानका उपायसमेत पेश गरेको छ । 
                 
कोभिड–१९ को असरले गर्दा निर्माण क्षेत्रमा नगद प्रवाह कम रही बन्द प्रायः रहेको निर्माण कार्यलाई पुनःसञ्चालन गरी आर्थिक कारोवारलाई चलायमान बनाउन निर्माण व्यवसायीका सम्पन्न भएका र चालू अवस्थामा रहेका ठेक्काको बिलबाट कट्टी भई राज्यको ढुकुटीमा निष्क्रिय अवस्थामा रहेको पाँच प्रतिशत धरौटीबापतको रकम निर्माण उद्योगलाई जीवन्तता दिन निर्माण व्यवसायीलाई बैंक ग्यारेन्टीका आधारमा फिर्ता पाउने व्यवस्था गरिनु आवश्यक भएको महासङ्घले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी